विश्व उपभोक्ता दिवसको अवसरमा भयो वीरगञ्जमा अन्र्तक्रिया

राम मण्डल
1.2k पाठक संख्या

बिश्व उपभोक्ता दिवसको अवसरमा शुक्रबार उपभोक्ता हित सँरक्षण मञ्च पर्साले वीरगञ्जमा अन्र्तक्रिया कार्यक्रम गरेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा ब्यवसायी सञ्चारकर्मी तथा सरोकारवाला ब्यक्तिहरुबीचमा अन्र्तक्रिया गरिएको हो ।स्वच्छ र प्रतिस्पर्धी बजार उपभोक्ताको सार्वभौम अधिकार भन्ने नाराका साथ सो अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

उपभोक्ताबादी सँस्थाका प्रतिनिधिहरुले वीरगञ्ज्मा आम  उपभोक्ताहरु ठगिने क्रम बढेको जनाएका थिए ।

यसप्रति सम्बन्धित निकायले चासो नदेखाएको गुनासो गरेका थिए ।अन्र्तक्रियामा सहभागी भएका ब्यावसायीहरुले बजार अनुगमनमा सहयोग गर्ने जनाए ।

उनीहरुले उपभोक्तालाई ठगिन नदिने प्रतिबद्धता जनाएका थिए ।आफुहरुले बारम्बार वाणिज्य कार्यालय तथा महानगरलाई बजार अनुगमन तथा उपभोक्तालाई ठगिनबाट बचाउन ज्ञापनपत्र दिएपनि हालसम्म कुनै कारवाही भने नभएको उपभोक्ता हित सँरक्षण मञ्च वीरगञ्ज महानगर समितिका अध्यक्ष अजित भुजेलले बताए ।

सरकारले नै उपभोक्ताको हित लाई सँरक्षण गर्न नचाहेको आरोप समेत उनले लगाएका हुन् ।

Leave a review