पत्रकार महासंघको जिल्ला अधिवेशन गर्न नगराउन महासंघ जिल्ला शाखाका अध्यक्षहरुको आग्रह

साझेदारी दैनिक
500 पाठक संख्या

सदस्यता टुङ्गो नलागुञ्जेल सम्म नेपाल पत्रकार महासंघ मधेश प्रदेशका छ जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लामा अधिवेशन नगराउने निर्णय गरेका छन् ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्री, बारा शाखाका अध्यक्ष रेशम तिवारी,र्राैतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा,पर्सा शाखाका अध्यक्ष अनुप तिवारी,सप्तरी शाखाका अध्यक्ष श्रवण देव,सिरहा शाखाका अध्यक्ष मनोजकुमार बनैतले आइतबार एक संयुक्त विज्ञप्ति जारी गरी यस्तो निर्णय गरेको जनाएका हुन् ।

लुम्बिनी घोषणापत्र अनुसार सदस्यता शुद्धिकरण अभियान अन्र्तगत नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुले पुराना सदस्यहरुको नविकरण तथा नयाँ सदस्यताको नामावली सिफारिश गरेको विज्ञप्तिमा लेखिएको छ ।

जिल्ला शाखाहरुले सिफारिश गरेको लामो समयसम्म पनि नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयबाट अन्तिम नामावली प्रकाशन गर्ने वा अधिकारिक रुपमा जिल्ला शाखालाई प्राप्त नभएको हुदा सदस्यताको नामावली नटुगिएसम्म आ आफ्नो शाखामा जिल्ला अधिवेशन नगर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सदस्यता टुंगो नलागेसम्म मुलुकभरका जिल्ला शाखा सहित प्रतिष्ठान शाखा र एशोसिएट सदस्यहरुलाई समेत अधिवेशन नगर्न नगराउन संयुक्त विज्ञप्तिमा आग्रह गरिएको छ ।

Leave a review

This will close in 0 seconds