जिल्ला प्रहरी कार्यालय बाराद्वारा ट्राफिक व्यवस्थापनको लागि सञ्चालित विशेष अभियान अन्तर्गत ९६ सवारी साधनलाई कारवाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी यस बारे जानकारी दिएको हो ।
यसबाट प्रहरीले ८६ हजार ५ सय रुपैयाँ बराबरको जरिवाना वापत राजश्व संकलन गरेको छ ।
प्रहरीले एक वटा भारतीय नम्बरको प्लेट भएको सवारीलाई वीरगञ्ज भन्सार कार्यालयमा पठाएको छ ।
अभियान अन्तर्गत सचेतनामुलक कार्यक्रम सञ्चालन समेत गरिएको प्रहरीले जनाएको छ ।

