दुई सय ३० किलो लागू औषध गाँजा सहित एक युवक पक्राउ

संदिप प्रसाद यादव
327 पाठक संख्या

बारा प्रहरीले दुई सय ३० किलो लागू औषध गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ४ टेंग्राहा बस्ने अन्दाजी २३ वर्षीय चन्दन पासवान रहेको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले १५ पोकामा रहेको लागु औषध गाँजा दुई सय ३० किलो गाँजा बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा बुधबार राति अन्दाजी १ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको प्रहरी टोलिले पासवानलाई पक्राउ गरेको हो ।

जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ४ ईनर्वामा ४ वटा जुटको बोरा लिई गाँजा राख्दै गरेको अवस्थामा प्रहरीलाई देखि भाग्न खोज्दा प्रहरीले एक राउण्ड गोली हवाई फायर गरी उक्त युवकलाई नियन्त्रणमा लिएको हो ।

सोही स्थानको कल्भर्र्ट मुनि प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको लागू औषध गाँजा प्रहरीले बरामद गरेको हो ।

लागु औषध सहित पासवानलाई नियन्त्रणमा लिई कानूनी प्रकृया अगाडि बढाईएको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

साथै विभिन्न मितिमा पक्राउ गरेको लागू औषध तथा सूर्ति प्रहरीले नष्ट गरेको छ ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत समेत बाट खटिएको प्रहरी टोलीले विभिन्न मितिमा बरामद गरेको लागू औषध तथा सूर्ति नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराको परिसरभित्र सञ्चारकर्मीहरू लगायतको उपस्थितिमा नष्ट गरिएको हो । कस्तुरी २ सय ३९ बोतल,कोरेक्स २ सय बोतल र सूर्ति ७ मुठा प्रहरीले नष्ट गरेको छ ।

Leave a review

This will close in 0 seconds