बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वार्ड नम्बर १ स्थित भरत चौकमा रहेको श्री गढीमाई एम्पोरियम १७ औं वर्षमा प्रवेश गरेको छ ।
कर्मचारीहरुलाइ सम्मान गरि १६ औं वार्षिकोत्सवमा केक काटी भब्यका साथ मनाएको छ ।
कलैयाकै सबै भन्दा पुरानो र विश्वासिलो पसल रहेको प्रोपोराइटर सन्तोषकुमार स्वर्णकारले बताएका छन् ।
दुई वटा कम्पनीका अधिकृत विक्रेता नेपालको न.१ ब्रान्ड सैमसंग,हिमस्टार कम्पनी,एलजी कम्पनी,भिडियो कन,सैमसंग कम्पनीको टिभी,फ्रिज,वासिङ् मसिन,मोबाइल,एसि,यासुदा कम्पनीको समान जस्ता सबै इलेक्ट्रोनिक समानहरु थोक तथा खुद्रा विक्रेता रहेका छन् ।
वार्षिकोत्सवको उपलक्ष्यमा सामानहरु खरिद गर्दा १० देखि ३० प्रतिशत छुट गरिएको स्वर्णकारले बताएका छन् ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस पार्टी बाराका जिल्ला सचीव भैयाराम यादव,बैधनाथ यादव,नवराज यादव,एयरकॉन नेपालका सेल्स इन्जिनियर राजिव साह कलवार,संजय कुमार स्वर्णकार,राकेश साह सोनार तथा परिवार लगायतको उपस्थिति रहेको थियो ।


