भारतमा मतदानका लागि मधेश ६ जिल्लाको सीमानाका बन्द

साझेदारी दैनिक
452 पाठक संख्या

मधेस प्रदेशका ६ वटा जिल्लाहरुका सीमा नाका बन्द भएका छन ।

भारतको सिमावर्ति जिल्लाहरुमा हुन गईरहेको मतदानका लागि भारतीय सीमा क्षेत्रसंग जोडिएका नेपालका जिल्लाहरुको सीमानाका बन्द गरिएको हो ।

भारत सरकारले निर्वाचनका लागि भारतीय सीमा जोडिएका मधेस प्रदेशका छ वटा जिल्लाको सीमानाका बन्द भएको स्थानीय प्रशासनहरुले जनाएका छन ।

मधेस प्रदेशको बारा र पर्सा बाहेक रौतह, सर्लाही, महोत्तरी, धनुषा,सिराहा,सप्तरी जिल्लाहरुसँग जोडिएका सीमानाका बन्द गरिएको छ ।

भारतको बिहार राज्य अन्तरगत पर्ने मधुवनी,सीतामढी र पूर्वी चम्पारण लगायतका जिल्लाहरुमा मतदान हुदै छ । मतदानभन्दा ७२ घण्टा पहिले सीमानाका बन्द हुन गरिने कानुनी प्रावधान अनुसार शुक्रबार राति १२ बजेदेखि सोमबार राति १२ बजेसम्म नेपाल– भारत सीमा बन्द रहने जिल्ला प्रशासन कार्यालयहरुले जनाएको छ ।

नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठकले गरेको निर्णयअनुसार भारतमा हुने निर्वाचनको सुरक्षालाई मध्यनजर गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न सीमानाका बन्द गर्न गरिएको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी गराएका छन ।

Leave a review

This will close in 0 seconds