कलैयामा दुई दिने गृह व्यवस्थापन जनचेतना मुलक अनुशिक्षण कार्यक्रमको सोमबार उद्घाटन भएको छ ।
बाराको कलैया उप–महानगरपालिका वडा नम्बर ४ स्थित रहेको करणराज पार्टी प्यालेसको सभा हलमा जिल्ला प्रहरी कार्यालय बाराद्रारा आयोजित दुई दिने गृह व्यवस्थापन जनचेतना मुलक अनुशिक्षण कार्यक्रमको एक कार्यक्रम बीच उद्घाटन भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कलैया उप–महानगरपालिका का नगर प्रमुख विनोद प्रसाद साह रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख साहले आ–आफ्नो बालबालिकाहरु कहाँ जादै,के गर्दै छन् त्यस बारे अभिभावकले जानकारी राख्न जरुरी रहेको बताए ।
कलैयाका २० प्रतिशत केटाहरु भ्याट,इन्जेक्सन,लागू औषधको कुलतमा फसेका उनले जानकारी दिए ।
छोराछोरीहरुले मोबाइलमा के प्रयोग गर्दै छन् त्यसमा पनि ध्यान राख्न जरुरी रहेको र बालिग भएपछि मात्र विवाह गराउन उनले आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले विगत केहि दिन यता मुद्दाहरुको अवस्था हेर्दा यो कार्यक्रम आवश्यक रहेको उनले बताए ।
बालबालिकाहरुको अगाडि अश्लील शब्द प्रयोग,श्रीमान श्रीमतीहरुले आफ्नो बालबालिका अगाडि अनावश्यक हर्कत नगर्न उनले आग्रह गरे ।
आफ्नो बालबालिकाहरु समयमा घर फर्केको छ कि छैन कस्ता साथीसङतीमा बस्दै छ त्यो मा अभिभावकहरुले ध्यान दिन जरुरी रहेको उनले बताए ।
उक्त कार्यक्रममा प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने,कलैया उप–महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामविश्वास ठाकुर लोहार,नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादव,पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता,राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान जिल्ला अध्यक्ष ममता शर्मा,स्थानीय,बिभिन्न संघ संस्थाका प्रतिनिधि,संचारकर्मी,
सुरक्षाकर्मी गरी ७५ जनाको सहभागिता रहेको थियोे ।


