जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले ब्यवसायीहरुको निशुल्क बिमा गर्ने

रञ्जन यादव
352 पाठक संख्या

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले उद्योगी,ब्यवसायी वा फर्म धनीहरुको निशुल्क बिमा गर्ने भएको छ ।

सलिको ईन्सुरेन्सको सहकार्यमा आप्mना संघमा आबद्ध बिमा गर्ने कार्यक्रम रहेको नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिए ।

उनले भाद्र ३१ गते सम्म नगर उद्योग बाणिज्य संघको सदस्यता नबिकरण गराएमा मात्र यो सुबिधा दिने बताए। जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघमा आबद्ध सम्पूर्ण ब्यवसायीहरुलाई यो सुबिधाको लाभ उठाउन अध्यक्ष लामिछानेले आग्रह गरे ।

सम्पूर्ण ब्यवसायीहरुलाई उद्योग बाणिज्य संघमा आबद्ध गराउने यो अभियानको मुख्य उदेश्य भएको उनले बताए । यो अभियान अन्तर्गत प्रत्येक ब्यवसायीहरुले एक लाख रुपैयाँको क्षतिपूर्ति पाउँनेछन् ।

Leave a review