जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि शिक्षक तथा कर्मचारीको मासिक तलब व्यवस्थापनको विषयमा नयाँ निर्देशन जारी गरेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा जारी सूचनामा विद्यालयहरूले मासिक तलब माग गर्दा पहिलो चरणमा तीन महिनाको तलब माग्न सक्ने व्यवस्था गरिएको छ ।
निर्देशनमा विद्यालयहरूले स्थानीय तहसँग समन्वय गरी तोकिएको प्रक्रिया पूरा गर्नुपर्ने उपमहानगरपालिकाले सोही आधारमा शिक्षक तथा कर्मचारीहरूको तलब भुक्तानी गर्ने प्रक्रिया अघि बढाइने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
यसका साथै, शिक्षकहरूको तलब व्यवस्थापनमा पारदर्शिता कायम गर्न र समयमा भुक्तानी सुनिश्चित गर्न विशेष ध्यान दिइएको जनाईएको छ ।
तोकिएका मापदण्ड पूरा नगर्ने विद्यालयहरूको तलब भुक्तानीमा समस्या आउन सक्ने चेतावनी पनि उपमहानगरपालिकाले दिएको छ ।
उपमहानगरपालिकाले यस्तो नीति ल्याउनुको उद्देश्य बजेटको पारदर्शी व्यवस्थापन र विद्यालयहरूको आर्थिक प्रणालीलाई व्यवस्थित गर्नु रहेको जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाले दोस्रो त्रैमासिक तलब भत्ता निकासा भएको उपमहानगरपालिका क्षेत्र भित्रका बिद्यालयहरुलाई जानकारी गराएको छ ।


