मधेससंग बागमती ६८ रनले पछाडी

साझेदारी दैनिक
258 पाठक संख्या

निजगढ : नवराज चौलागाईं/ जय शाह इलाइट कप क्रीकेट प्रतियोगिताको पहिलो दिन बाग्मती प्रदेश मधेश प्रदेशसंग ६८ रनले पछाडी रहेकोछ ।

जनकपुरधामस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको मधेसले पहिलो ईनिङमा ३५.३ ओभरमा अलआउट हुँदै १ सय २ रन बनायो । मधेसका लागी मयन यादवले ३६ बलको सामना गर्दै १ छक्का र १ चौकाको मद्दतमा २१ रन बनाए ।

मधेसलाई १ सय २ रनमा समेट्न बागमतीका कप्तान सन्दीप लामिछनेले ५ विकेट लिए । १४ ओभर बलिङ गरेका सन्दीपले २ ओभर मेडन राख्दै ४१ रन खर्चिए । बागमतीका लागी सुर्य तामाङले ३ विकेट लिए भने नन्दन यादव र प्रतिश जिसीले समान १/१ विकेट हात पारे ।

यस्तै दोस्रो ईनिङमा बागमतीले ब्याटिङ गरिरहेकोछ । पहिलो दिनको खेल सकिदा बागमतीले १३.२ ओभरमा २ विकेट गुमाएर ३४ रन बनाएकोछ । बागमतीको लागी शुभ कंशकारले २२ रन र ईशान पाण्डेले ९ रन बनाएर क्रीचमा रहेकाछन ।

Leave a review