कलैया :राजेश कुशवाहा/ प्रहरीले बाराको कोल्ही नगरपालिका वडा नम्बर ५ बाट नागरिकता मुद्दाका पांच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा स्थानीय शिव गोबिन्द महरा,उदयनारायण सिंह चनौ,सत्यनारायण यादव,रामचन्द्र महतो कोईरी,अच्छेलाल यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उतm मुद्दामा उनीहरुलाई बारा जिल्ला अदालतले रु पांच हजार रुपैया दण्ड जरिवाना गर्ने फैसला गरेको थियो ।उनीहरु सोही बेला देखि फरार रहेका थिए। ईलाका प्रहरी कार्यालय कोल्हवी बाट खटिृएको प्रहरी टोलीले उनीहरुलाई आफनै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
उनलार्ई पक्राउ गरी आवशयक प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ बाट आईतबार चेक अनादर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय सुरन्द्रलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उक्त मुद्दामा श्रेष्ठलाई बारा जिल्ला अदालतले रु पांच सय रुपैया दण्ड जरिवाना गर्ने फैसला गरेको थियो।
उनी सोही बेला देखि फरार रहेका थिए।जिल्ला प्रहरी कार्यालय बारा बाट खटिृएको प्रहरी टोलीले उनलाई आफनै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । उनलार्ई पक्राउ गरी आवशयक प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

