पचरौता: नूर आलम बादशाह/निजी तथा सार्वजनिक वन समूहहरुलाई जग्गा विकास तथा ब्यवस्थापन र कृषि वन सम्बन्धी दुई दिने तालिम बाराको पचरौता नगरपालिकामा सम्पन्न भएको छ।
नगरपालिकाको सभाहलमा सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो।
तालिममा नगरपालिका भित्रका भिखना हरियाली वन समूह,राम जानकी हरियाली वन समूह,राजदेवी हरियाली वन समूह,सीतलामाई हरियाली वनसमूह लगायतका सदस्यहरु सहभागी थिए।
सहभागिलाई वनका किसिम,वन कार्यालयको काम कर्तव्य,वन जंगलबाट फाइदा,निजी वन दर्ता सम्बन्धी प्रशिक्षण दिइएको थियो।
यस्तै सार्वजनिक जग्गाको पहिचान,जग्गा विकास तथा ब्यवस्थापन सम्बन्धी सहभागिलाई प्रशिक्षण दिइएको हो।
सस्तो,दिगो र योजनाबद्ध विकासको लागि मार्ग दर्शन,जग्गा विकासको इतिहास सम्बन्धी बिषयहरुमा प्रशिक्षण दिइएको प्रशिक्षक पूर्व वन अधिकृत रामप्रसाद साहले साझेदारी दैनिकलाई जानकारी दिए।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साहको अध्यक्षतामा सो तालिम भएको हो।
कार्यक्रमको डिभिजन वन कार्यालय बाराका कर्मचारी हरी शंकर साहले संचालन गरेका थिए।

