कलैया : प्रहरीले बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ बाट मंगलबार चेक अनादर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ५० बर्षिय शेषनाथ प्रसाद साह तेली रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।उक्त मुद्दामा तेलीलाई बारा जिल्ला अदालतले रु तीन हजार रुपैया दण्ड जरिवाना गर्ने फैसला गरेको थियो।उनी सोही बेला देखि फरार रहेका थिए।
बरियारपुर प्रहरी चौकी बाट खटिृएको प्रहरी टोलीले उनलाई आफनै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । उनलार्ई पक्राउ गरी आवशयक प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २७ बिजुलपुर बाट मंगलबार चेक अनादर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५० बर्षिय सुनिल कुमार पाण्डेय रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उक्त मुद्दामा पाण्डेयलाई बारा जिल्ला अदालतले रु पांच रुपैया दण्ड जरिवाना गर्ने फैसला गरेको थियो।उनी सोही बेला देखि फरार रहेका थिए। अस्थाई प्रहरी पोष्ट बस पार्कबाट खटिृएको प्रहरी टोलीले उनलाई आफनै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । उनलार्ई पक्राउ गरी आवशयक प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २ बाट मंगलबार चेक अनादर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्थानीय ५२ बर्षिय रामबाबु यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उक्त मुद्दामा यादवलाई बारा जिल्ला अदालतले रु दुई हजार रुपैया दण्ड जरिवाना गर्ने फैसला गरेको थियो।उनी सोही बेला देखि फरार रहेका थिए।
अस्थाई प्रहरी पोष्ट बस पार्कबाट खटिृएको प्रहरी टोलीले उनलाई आफनै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।उनलार्ई पक्राउ गरी आवशयक प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

