राजाराम क्याम्पसले गर्‍योे कक्षा १२ का विद्यार्थीहरुको विदाई

संदिप प्रसाद यादव
543 पाठक संख्या

कलैया : बाराको जेठो क्याम्पस रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेको छ।

रामराजा क्याम्पसले आयोजनामा कलैयास्थित बरेवा दरबार होटेलको सभा हलमा शुक्रबार एक कार्यक्रम बीच कक्षा १२ का एक सय ५५ जना विद्यार्थीहरुलाई विदाई गरिएको हो ।

क्याम्पसका क्याम्पस प्रमुख निवेश तिमल्सिनाको अध्यक्षता तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर चौरसियाको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई विदाई गरिएको हो।

सो कार्यक्रममा प्रशासनिक प्रमुख अमित मिश्र र शैक्षिक सहायक क्याम्पस प्रमुख हेत नारायण चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

सो कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पसका क्याम्पस प्रमुख निवेश तिमल्सिनाले क्याम्पसमा सिकेका शिक्षा,अनुशासन र मेहनतले सधैं सफलताको बाटोमा अघि बढाउँने बताएका छन्।

जहाँ गए पनि आफ्नो मूल्य र पहिचान कायम राख्न उनले आग्रह गरेका छन्। साथै विद्यार्थीहरुको उज्वल भविष्यको कामना समेत गरेका छन् ।

उक्त कार्यक्रममा शिक्षक,विद्यार्थी,क्याम्पसका कर्मचारी,संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियोे।

त्यस अवसरमा विद्यार्थीहरुले नृत्य,गीत प्रस्तुत गरेका थिए। सो कार्यक्रमको संचालन शिक्षक श्यामबिहारी केशरीले गरेका थिए।

Leave a review

This will close in 0 seconds