कलैया :राजेश कुशवाहा / जनता समाजवादी पार्टी बारा नेपालको अध्यक्षमा रमेशकुमार यादव बिजयी भएका छन्।
सोमबार बिहान सम्पन्न मत गणना अनुसार यादव २६९ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी धर्मवीरप्रसाद यादव १७५ मत प्राप्त गरी पराजित भएका हुन्।
जसपा बाराको उपाध्यक्षमा शिवेन्द्रप्रताप सिंह २५३ र पुनम कुशवाहा २४६ मत प्राप्त गरी निर्वाचित भएका छन्।उनका निकटतम प्रतिद्वन्दी मुरतुजा अन्सारी १९९ र सुरेन्द्रप्रसाद साह १८९ मत प्राप्त गरेका छन्।
सचिवमा शम्भुकुमार गुप्ता २६१ मत प्राप्त गरी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्दी मुकेशकुमार पाण्डेलृ १९२ मत प्राप्त गरे। सह सचिवमा सिकेन्द्र दास २७२ र नन्दन गुप्ता २४७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी धनसुनर यादव १४६ र सुनैना कुमारी चौधरी १३५ मत प्राप्त गरेका छन्।
कोषाध्यक्षमा विनोदप्रसाद यादव २६८ मत प्राप्त गरी बिजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्दी शारदा यादव १६० मत प्राप्त गरेका छन ।
जसपा बाराको सदस्यमा करैयामाई गाउँपालिकाबाट रामनारायण साह कानु,बिश्रामपुर गाउँपालिकाबाट रामनारायण प्रसाद कुशवाहा,महागढीमाई नगरपालिकाबाट बिशेश्वर प्रसाद यादव,सुवर्ण गाउँपालिकाबाट शिवनाथ प्रसाद यादव,फेटा गाउँपालिकाबाट नरेश प्रसाद यादव,परवानीपुर गाउँपालिकाबाट उषा देवी राम,सिम्रौनगढ नगरपालिका बाट हेमचन्द्र प्रसाद जयसवार बिजयी भएका छ।
मुस्लिम तर्फको सदस्यमा रेयाजुलहक अंसारी र दलित तर्फको सदस्यमा दिपक प्रसाद पासवान बिजयी भएका छन। जसपा बाराको महिला सदस्यमा रामावती देवी,तारामुनी पासवान,पिंकी कुमारी यादव,लालझरिया अतिथिन,ईसमतिया देवी दुसादिन,मिरा महरा,लालसा देवी,मिथिला देपी पण्डित,सैयादा खातुन,धर्मावती देवी,चुनचुन कुमारी,पुनम देवी,वाजदा खातुन,उषा देवी,कुसमी कुमारी,ललिता देवी यादव,बबिता कुमारी तेली रहेकी छन ।
निर्वाचनमा ५७ पदका लागि ९२ जना चुनावी प्रतिस्पर्धामा उत्रेका थिए । कुल ४७९ मतदाता रहेकोमा निर्वाचनमा ४७२ मत खसेको प्रमुख निर्वाचन अधिकृत्त शंकरप्रसाद साहले जानकारी दिएका छन ।निर्वाचनमा अध्यक्ष यादवको पुरै पाइनल बिजयी भएको छ।

