बारा जिल्ला योङ कम्युनिष्ट लिगको अध्यक्षमा पटेल

साझेदारी दैनिक
398 पाठक संख्या

कलैया : योङ कम्युनिष्ट लिगको पाँचौ जिल्ला भेलाले शुभनारायण पटेलको अध्यक्षतामा दोस्रो कार्यकालको लागि समिति गठन गरेको छ।

पटेलको नेतृत्वमा सर्वसम्मतिबाट गठन भएको समितिको उपाध्यक्षमा हरि रिजाल,सुनिल पटेल,नरसिमा खातुन रहेका छन्। कलैयामा बुधबार सम्पन्न जिल्ला भेलाले ५५ सदस्यीय समिति गठन गरेको छ।

लिगको सचिवमा जहागिर हुसेन,सह–सचिव कन्चन पासवान,जयमंगल पटेल,कोषाध्यक्ष नवल यादव चयन भएका छन्। सदस्यमा संजय साह,मुकेश चौधरी,वृजकिशोर यादव,सदाम हुसेन, विकास कुमार कुशवाहा,एजा्ज मंसुर,नवलकिशोर यादव,श्याम थोकर,श्याम प्रसाद मण्डल,नागेश्वर महतो,मंगिसुल्ला अंसारी,उकेन्द्र पासवान,कन्चन पासवान,कृष्णप्रसाद साह,मन्दिप यादव, जयमंगल कुमार,अरविन्द गुप्ता,मुरारी सरार्फ,कृष्ण पटेल,विशाल पटेल,पप्पु पटेल लगायतका चयन भएका छन्।

जिल्ला अध्यक्ष पटेलको सभापत्विमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिला खानाल रहेकी थिइन्।

उक्त कार्यक्रममा योङ कम्युनिष्ट लिगका केन्द्रीय सचिव अनिल पासवान,कलैया उपमहानगरपालिकाको केन्द्रका नगर कमिटी अध्यक्ष मुकेश साह,महागढीमाई नगरपालिकाका केन्द्र अध्यक्ष प्रहलाद सहनी,परवानीपुर गापा को पार्टी अध्यक्ष लालबाबु पटेल,अनेरास्ववियु क्रान्तिकारीका नेता विवेक साह,क्रान्तिकारी बारा अध्यक्ष संदिप यादव मजदुर नेता रामेश्वर पटेल लगायतका ब्यक्तित्व सहभागी रहेका थिए। कार्यक्रमको सञ्चालन सोनु पटेलले गरेका थिए।

बारामा योङ कम्युनिष्ट लिगको जिल्ला सम्मेलन कलैया र डुमरवानामा भएको हो। जसमा सदरमुकाममा भएको सम्मेलन अधिकारिक रहेको नेकपा माओवादी केन्द्रको धारणा रहेको जानकारी दिएकाब छन्।

Leave a review