दुई फरार प्रतिवादी बारा प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
407 पाठक संख्या

कलैया : बारा प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कर्तव्य ज्यान र ठगी मुद्दाका फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जनाएका छन्।

प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो।

फरार रहेका उनीहरुलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कलैया उपमहानगरपालिका वडा नं. १३ निवासी ४० वर्षीय गजेन्द्रप्रसाद यादवलाई बसतपुर प्रहरी चौकीले पक्राउ गरेको हो।

त्यस्तै अस्थायी प्रहरी पोष्ट चरमोहनाले ठगी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। उसले सुवर्ण गाउँपालिका वडा नं. ८ निवासी ५२ वर्षीय राजकुमार पंडितलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुमाथि आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

Leave a review

This will close in 0 seconds