कलैयामा सुरु भयो महागंगा आरती

साझेदारी दैनिक
551 पाठक संख्या

कलैया : तिथि अनुसार साउन महिना लागेपछि बारामा धार्मिक कार्यक्रमहरुमा तीव्रता आएको छ। तिथि अनुसार पहिलो सोमबारको अवसरमा बाराको कलैया उपमहानगरपालिका–३, भवानीपुतस्थित श्री सिद्धेश्वर मन्दिर प्राङ्गणको पवित्र शिव सरोवरमा भव्य महागंगा आरती भएको छ।

समाज कल्याण सहयोगी समूह र श्री सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयको संयुक्त आयोजनामा आरती भएको हो। यो कार्यक्रम विधिपूर्वक शुभारम्भ गरिएको हो।

उक्त आरती आयोजनामा बालाजी ओभरसिजका सञ्चालक सिताराम सर्राफले १५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्। विगत वर्षहरूझैँ यस वर्ष पनि श्रावण महिनाको प्रत्येक सोमबार साँझ ६ः३० बजे श्री सिद्धेश्वर मन्दिर प्राङ्गणमा आरतीको आयोजना हुने आयोजकले जनाएको छ।

उक्त महागंगा आरतीमा एक हजारभन्दा बढी श्रद्धालुहरूको सहभागिता रहेको थियो। बटुक छात्रहरू धार्मिक भक्ति, दीप प्रज्वलन, मन्त्रपाठ आराधना गरेका थिए।

Leave a review