जेसिस कप २०७७ त्रिकोणीय क्रिकेट प्रतियोगिता शुरु

साझेदारी दैनिक
776 पाठक संख्या

रबिन्द्र प्रसाद साह/
बाराको कलैयामा शनिवारदेखी जेसिस कप२०७७ त्रिकोणीय क्रिकेट प्रतियोगिताको शुरु भएको छ । प्रथियोगिता कलैया सिटी जेसिस र कलैया क्रिकेट क्लब बाराको आयोजनामा सिद्धेश्वर क्रिकेट ग्राउण्ड हुदैछ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक कृष्ण पङ्गेनीले व्याडिङ्ग गर्दै उद्घाटन गरेका थिए ।

प्रतियोगितामा शनिवार उद्घाटन खेल वीरगंज र मकवानपुरका टिमहरु मध्ये टस जितेर ब्याटिङ गरेको वीरगंजले ९ विकेटको छतिमा १२६ रन बनाएको थियो ।

जवाफि ब्याटिङ गर्दै मकवानपुरले २९.३ ओभरमा सबै विकेट गुमाई ९९ रन बनाएको थियो । आईतवारको खेल वीरगंज र कलैया टिमवीच प्रतियोगिता हुनेछ ।

जेसिस वर्ष २०२० का अध्यक्ष विपिन चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा निशान्त लामिछाने, जिकिसका अध्यक्ष प्रभात चौरसिया, वीरगंज जेसिस मुकेश सिंह, नेपाली क्रिकेट का पुर्व कप्तान पवन अग्रवाल, शेखर चौधरी, संतोष खनाल, अशोक गुप्ता, अनिल चौगाई, बसरुदिन मंसुर गातकाको सहभागिता रहेको संयोजक सुवास जयसवालले जानकारी गराएका छन ।

Leave a review

This will close in 0 seconds