सर्लाहीमा प्रहरी निरीक्षक बुढाथोकी भदौ महिनाका उत्कृष्ट प्रहरी घोषित

साझेदारी दैनिक
256 पाठक संख्या

सर्लाही : सर्लाही जिल्लामा भदौ महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकी घोषित भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खडकाले प्रहरी निरीक्षक बुढाथोकीलाई उत्कृष्ट प्रहरीको घोषणा गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाही मानवश्रोत व्यवस्थापन शाखा दरबन्दी भई प्रहरी निरीक्षक बुढाथोकी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रशासन शाखाको शाखा प्रमुख तथा अपरेशन ईन्चार्जको जिम्मेवारी वहन गरिरहेका छन्।

जेनजी समूहद्वारा देशव्यापी रुपमा गरेको प्रदर्शनले राजधानी लगायत देशका बिभिन्न स्थानहरुमा भएको ठूलो जनधनको क्षतिको बावजुद सर्लाही जिल्लामा भएको विरोध प्रदर्शनमा प्रभावकारी रुपमा परिचालित भई न्यूनतम बल प्रयोगको सिद्धान्त अवलम्बन गर्दै सरकारी, सार्वजनिक, नीजि सम्पत्ती तथा महत्वपूर्ण प्रतिष्ठानहरुमा धेरै क्षति हुनबाट बचाउन प्रहरी निरीक्षक बुढाथोकीले योगदान गरेको जनाइएको छ।

भाद्र महिनामा परेका श्री कृष्णाष्टमी, गणेश चर्तुर्थी, मोहम्मद–डे लगायतका चाडपर्वहरुमा प्रभावकारी रुपमा प्रहरी परिचालन गरी शान्तिपूर्ण रुपमा चाडपर्व मनाउने वातावरण सृजना गर्न भूमिका खेलेको जनाइएको छ। प्रहरी कर्मचारीहरुको आचरण तथा अनुशासन कायम राख्दै गुनासो एवं जनशक्ति व्यवस्थापन र फरार प्रतिवादी नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाइएको छ।

विभागीय नीति निर्देशनलाई आत्मसाथ गरी निर्दिष्ट जिम्मेवारी अनुशासित, लगनशील, ईमान्दार एवं कर्तव्यनिष्ठ रहि उत्कृष्ट रुपमा कार्य सम्पादन गर्दै समग्र जिल्लाको शान्ति सु–व्यवस्था कायम गर्न तथा आपराधिक गतिविधि नियन्त्रण गर्न महत्वपूर्ण भूमिका बुढाथोकीले निर्वाह गरेको जनाइएको छ। प्रहरी संगठनको छवि उच्च राख्ने प्रशंसनीय कार्य गरेको कदरस्वरूप जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकीलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो।

Leave a review

This will close in 0 seconds