सिमरा : बाराको सिमरा स्थित सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्व छनौट निर्वाचनबाट हुदै छ । समितिको नयाँ नेतृत्वका लागि शनिवार मतदान सम्पन्न भएको छ ।
उक्त खानेपानी उपभोक्ता समिति अन्तरगत कुल ५ हजार २ सय ४५ जना मतदाता उपभोक्ता मध्ये शनिवार भएको मतदान कार्यमा ३ हजार ३ सय २० जनाले मतदान प्रक्रियामा भाग लिएका छन ।
शनिवार सम्पन्न भएको मतदान शन्तिपुर्ण सम्पन्न भएको छ । उम्मेदवारहरुसंगको छलफल र सहमतिबाट बेलुका करिब ९ बजेदेखी मतगणना शुरु गरिएको निर्वाचन अधिकृत शरदचन्द्र भट्ट्राई(सुनिल गाउँले)ले जानकारी गराएका छन ।
निर्वाचन समितिले ११ सदस्यीय कार्यसमिति चयनका लागि गत कार्तिक २५ गते मनोनयन दर्ता गराएको थियो । विभिन्न पदका लागि परेका मनोनयनमा छानविन गरी समितिले कार्तिक २९ गते बिहान उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारलाई चुनाव चिन्ह उपलब्ध गराएको निर्वाचन अधिकृत गाउँलेले बताए ।
निर्वाचन तालिका अनुसार मंसिर ६ गते बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि समय तोकिएकोमा शनिवार निर्वाचन प्रक्रिया सकिएको हो । खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदका लागि पाँच जना प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन । अध्यक्ष पदमा पुर्णचन्द्र तिमल्सीना,युवराज न्यौपाने, राजकुमार भट्ट्राई र प्रकास बहादुर क्षेत्री प्रतिस्पर्दामा छन ।

