बारा-२ : जसपा उम्मेदवार रामकिशोर यादवको घरदैलो अभियान तिब्र

साझेदारी डेलि
836 पाठक संख्या

कलैया । बारा निर्वाचन क्षेत्र नं. २ मा चुनावी सरगर्मी बढेसँगै जनता समाजवादी नेपाल पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामकिशोर प्रसाद यादवले दुई टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

उनले आज महागढीमाई नगरपालिका वडा नम्बर १ र २ मा घरदैलो कार्यक्रम गर्दै मतादातासंग प्रत्यक्ष भेटघाट गरि संवाद गरेका हुन् । घरदैलोका क्रममा उनले आफ्नो पक्षमा भारी मतदान गर्न आग्रह गरे। आफु विजयी भएमा किसानका मुद्दालाई संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा जनता समाजवादी नेपालका अगुवा र कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

Leave a review

This will close in 0 seconds