सखुवाघाट खानेपानीको अध्यक्षमा पत्रकार रिजालको उम्मेदवारी

साझेदारी डेलि
212 पाठक संख्या

डुमरवाना : बाराको जीतपुरसिमरा उपमहानगरपालिका- १६ सखुवाघाटमा रहेको खानेपानी तथा सरसफाईमा उपभोक्ता समितिको अध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट पत्रकार गणेशराज रिजालले उम्मेदवारी दर्ता गराएका छन ।

नयाँ नेतृत्वका लागि समितिको हुनगईरहेको चिर्वाचनमा पत्रकार रिजालले उम्मेदवारी दिएका हुन । समितिको नयाँ कार्यसमितिकोलागि हुन गईरहेको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका थियो ।

निर्वाचन समितिले उम्मेदवारी दिएका सवै प्यानलाई मंगलवार चुनाव चिन्ह प्रदान गरेको छ । यता रिजाल समुहले भने चुनाव चिन्ह हात्ती पाएका छन । खानेपानी समितिमा अध्यक्ष पदमा रिजाल सहित उनको स्वतन्त्र प्यानलबाट कोषाध्यक्षमा संजीता पुलामी, सदस्यमा ध्रुव प्रसाद रिमाल, सदस्यमा गायत्री देवी मैनाली, सदस्यमा रेवती राई लागयतले उम्मेदारी दिएक हुन ।

खानेपानी उपभोक्ता समिति निर्वाचन समितिको कार्यतालिका अनुसार चैत १३ गते कार्यसमिति चयन गर्नका लागि मतदान कार्यक्रम राखिएकोे छ ।

Leave a review

This will close in 0 seconds