बारा । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न आदेश जारी गरेको छ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले जिल्ला अदालत काठमाडौंबाट थपिएको पछिल्लो ५ दिनको म्याद समाप्त भएपछि उनीहरूलाई थुनामुक्त गर्न आदेश दिएको हो।
इजलासले २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश गर्दै बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ । तर परमादेश जारी गर्दै अब म्याद नथप्न भनेको हो । यसअघि जिल्ला अदालतले चैत २१ गतेदेखि लागू हुने गरी तेस्रोपटक ५ दिनका लागि म्याद थप गरेको थियो।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेपछि सरकारले सिफारिस कार्यान्वयनका लागि निर्णय गरेको थियो ।
प्रहरीले ओली र लेखक दुवैलाई चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ गरेको थियो। आन्दोलनका क्रममा भएका मानवीय क्षति र राज्य पक्षको भूमिकालाई लिएर आयोगले दिएको प्रतिवेदनका आधारमा उनीहरूमाथि अनुसन्धान भैरहेको छ।

