रास्वपाको सचिवालय बैठक आज बस्दै

साझेदारी डेलि
67 पाठक संख्या

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज साँझ बस्ने भएको छ ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार साँझ ६ बजे पार्टीको केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक बस्न लागेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

बैठकमा भेला तथा अधिवेशनको विशेष तालिका तय गर्ने, आयोग तथा विभागका पदाधिकारी मनोनयन गर्ने, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही तथा केन्द्रीय समिति बैठकका विषयमा छलफल हुने जनाइएको छ ।

Leave a review

This will close in 0 seconds