रास्वपा बाराको जिल्ला अधिवेशन स्थगित

साझेदारी डेलि
192 पाठक संख्या

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला अधिवेशन स्थगित गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले आज अत्यन्त जरुरी सूचना जारी गर्दै जेठ २६ गते संचालन हुने जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन के.सी.द्वारा जारी सूचनामा विविध अपरिहार्य कारणवश अधिवेशन स्थगित गर्नुपरेको उल्लेख गरिएको छ। आयोगले अधिवेशन पुनः सञ्चालन हुने मिति, समय तथा बाँकी प्रक्रियाबारे आधिकारिक जानकारी पछि सार्वजनिक गरिने जनाएको छ।

साथै, अधिवेशनसँग सम्बन्धित आगामी कार्यतालिका र प्रक्रियाबारे आयोगबाट जारी हुने थप निर्देशनको प्रतीक्षा गर्न जिल्ला सदस्य, पार्टी पंक्ति तथा सरोकारवालाहरूलाई अनुरोध गरिएको छ।

यसअघि जेठ २६ गतेका लागि तय गरिएको बारा जिल्ला अधिवेशनको सम्पूर्ण कार्यक्रम हालका लागि रोकिएको र नयाँ मिति आयोगले पछि निर्धारण गर्ने सूचनामा उल्लेख छ।

केन्द्रीय निर्वाचन आयोगले उक्त सूचनाको बोधार्थ पार्टी सभापति, केन्द्रीय समिति सचिवालय, केन्द्रीय संगठन विभाग, केन्द्रीय अनुशासन आयोग तथा बारा जिल्ला विशेष समितिलाई समेत पठाएको छ।

Leave a review

This will close in 0 seconds