छतबाट लडेर बारामा एक जनाको मृत्यु

साझेदारी डेलि
277 पाठक संख्या

कलैया । बारामा छतबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोल्हवी नगरपालिका–३ जुगुवा टोल निवासी ५० वर्षीय सोभालाल चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार राति आफ्नै एकतले पक्की घरको छतमा पिसाब फेर्ने क्रममा चौधरी अचानक लडेर गम्भीर घाइते भएका थिए।

छतबाट खस्दा उनको टाउको र मुखमा गम्भीर चोट लागेको थियो। घाइते चौधरीलाई तत्काल उपचारका लागि तामागढी अस्पताल, कोल्हवी लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल, परवानीपुर पठाइएको थियो।

उपचारकै क्रममा बिहीबार बिहान चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन् । उनका अनुसार मृतक चौधरीको शव हाल एलएस न्युरो अस्पतालमै राखिएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक कलम नारायण यादवको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता घलेले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds