मन्त्री महम्मद समिर बने मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री

संदिप प्रसाद यादव
269 पाठक संख्या

बारा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले भौतिक पूर्वाधार विकासमन्त्री महम्मद समिरलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन्।

मुख्यमन्त्री यादवले धार्मिक प्रयोजनका लागि नेपालबाहिर जानुपर्ने भएकाले आफू फर्किएर नआएसम्मका लागि समिरलाई कार्यवाहक मुख्यमन्त्री तोकेको जनाएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ ५ मा जारी गरेको पत्रअनुसार समिरलाई मधेश प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको हो।

कार्यवाहक मुख्यमन्त्री तोकिएको पत्र प्रदेश प्रमुखको कार्यालय, मधेश प्रदेशलाई समेत जानकारी गराइएको छ।

Leave a review