नवराज चौलागाईं/
निमोनियाका कारण मृत्यु भएका कोरोना भाईरस संक्रमित निजगढ नगरपालिका वडा नम्बर ६ माथिल्लो योजनाका ५ वर्षीय वालकको आमा र बुवाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना संक्रमित बालकको अभिभावकको पिसिआर रिपोर्ट नेगेटिभ आएको बाराका प्रमुख जिल्ला अधिकारि रुद्र प्रसाद पण्डितले जानकारी दिनुभएको छ ।
उनीहरुको बिरगंजको नारायणी अस्पतालमा कोरोना परिक्षण गरिएको थियो । मृतक बालकको उपचार गराईएको निजगढ सामुदायिक अस्पताल र निजगढका स्थानीय दुईवटा क्लिनिक बन्द गरिएको छ । उनीहरुलाई निजगढ नगरपालिकाले सेल्फ आईसोलेट गरेको छ ।
उनीहरुको परिक्षण प्रक्रिया अघि बढाईएको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताउनुभयो । संक्रमित बालकको मृत्यु भएपछी शनिबार देखि निजगढ बन्द गरिएको छ । औषधि पसल बाहेक सम्पूर्ण व्यापार व्यवसाय बन्द गरिएको छ ।