पर्सा प्रहरीले भारतबाट भन्सार छली ल्याइएको बिभिन्न सामानहरु बरामद गरेको छ । प्रहरीले वीरगञ्जको ईनर्वागाउँ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा बिभिन्न सामानहरु नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको सामानहरुमा विभिन्न किसिमका हार्डवेयर पार्टस, लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू रहेको पर्सा प्रहरीले जनाएको छ । बरामद सामानहरुको बजार मुल्य ३ लाख ८४ हजार १ सय ४० रुपैया रहेको तथा उक्त सामानहरुलाई आवशयक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

