निजगढमा चौथो संस्करण मेयर गोल्डकप फुटबल शनिवारदेखि

साझेदारी दैनिक
1.2k पाठक संख्या

बाराको निजगढमा चौथो संस्करणको मेयर गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि संचालन हुने भएको छ । आयोजक निजगढ युवाक्लबले प्रतियोगिताबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको जनाउँदै शनिबारदेखि प्रतियोगिता संचालन हुने जनाएको छ ।

मधेशका विभिन्न ८ वटा क्लवहरुको सहभागिता रहने खेलमा चैत १९ गतेसम्म संचालन हुने आयोजक निजगढ युवाक्लबले जनाएकोछ । प्रतियोगितामा आयोजक निजगढ सहित बकुलिया फुटबल क्लवबारा ,बारा एघार,नवजन जागृति युवा क्लव बारा,बिरगंज युथ एकेडेमी,नेपाल खेलकुद क्लव रौतहट र हरिवन फुटबल क्लव सर्लाहीको सहभागिता रहेको छ ।

निजगढ नगरपालिका मुख्य सहयोगी रहेको प्रतियोगीताको बिजेताले उपाधि सहित १ लाख ५० हजार रुपैंया प्राप्त गर्ने छ भने उपविजेताले ७५ हजार रुपैंया प्राप्त गर्नेछ । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैंया प्राप्त गर्ने छन भने विधागत रुपमा उत्कृष्ट गोलकिपर,डिफेन्स,मिडफिल्डर,स्ट्राइकर र उच्च गोलकर्ताले जनही ५ हजार रुपैंया प्राप्त गर्ने छन ।

Leave a review

This will close in 0 seconds