धिरेन्द्र पनुहर
कोल्हवी, बारा
बाराको कोल्हवी नगरपालिका वडा नम्बर ३ जुगवामा नेपाली कांग्रेसको चुनाव प्रचार प्रसार कार्यलयको बुधवार एक कार्यक्रमवीच उद्घाटन भएको छ ।
नेपाली कांग्रेसको महाअधिवेशन प्रतिनिधि जयमंगल चौधरीको प्रमुख आतिथ्यतामा सस्पन्न उक्त कार्यालयको उद्घान समारोह सम्पन्न भएको हो । चौधरीले मंसिर ४ गते हुने निर्वाचनमा बारा क्षेत्र न १ का गठबन्धनका प्रतिनिधि सभका उम्मेदवार उमाकान्त चौधरी, प्रदेश क का र ख का उमेदवारहरुलाई रुख चिन्हमा मतदान गरि बिजय गराउन सबै जनता जनार्दनलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा बारा क्षेत्र नम्बर १ क का प्रदेस सभा सदस्यका उम्मेदवार रमेश दंगालले यस क्षेत्रको चौतर्फी बिकासको लागि आफु आतुर रहेको बताएका छन । उनले यो क्षेत्रमा कृषि ,स्वास्थ ,शिक्षा र दलितको उचित ब्यस्थापन गर्ने प्रतिवधता समेत गर्नुभएको छ ।
यस्तै कार्यक्रममा माओवादीका रामअधार चौधरी, बिनोद चौधरी,मनोज चौधरी ,नथुनि चौधरीले गठबन्धनका उमेदवारहरुलाई बिजय गराउन आफुहरु कुनै कसर नराख्ने बताउनु भयो ।
यसैगरी सोही कार्यक्रममा कोल्हवी नगरपालिका वडा नम्बर ३ जुगवा निवासी नागेन्द्र चौधरी नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । उहालाई प्रदेश सभाको उम्मेदवार निजगढका पुर्व मेयर सुरेश खनाल लगायतकाले पार्टीमा स्वागत गराएका थिए । नवप्रवेशी नागेन्द्र चौधरी २०७४ सालको स्थानीय चुनावना एमालेको वडा नम्बर ३ मा एमालेबाट सदस्यको पदको उम्मेदवार समेत बनेका थिए ।
नेपाली काँग्रेस वडा सभापति केशव चौधरी अध्यक्षतमा सम्पन्न उक्त कार्यालय उद्घाटन समारोहमा कोल्हवी नगरपालिकाकी उमप्रमुख लक्ष्मी कुमारी चौधरी, वडा नम्बर ३ का अध्यक्ष किशुनदयाल चौधरी,कौश्ल्या देवि थरुनि, तरुण दलको क्षेत्रीय सभापति ओमप्रकास चौधरी लगायतकाले सम्बोधन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य मदेश्वर चौधरी र कार्यक्रम संचालन रामदयाल चौधरीले गर्नु भएको थियो।
फोटोः
कोल्हवी ३ मा कांग्रेसको चुनाव प्रचारप्रसार कार्यलयको उद्घाटन
Leave a review
Leave a review


