बाराको कलैयामा आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर सयौ नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन ।
बुधवार कलैयामा आयोजित कार्यक्रममा गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा सांसद पदको प्रत्यासी उम्मेदवार सहित सयौ जनमत पार्टीमा प्रवेश गरेका थिए ।
युवा नेताहरु शिवनाथ पटेल, प्रभुनाथ पटेल सहितका विभिन्न सांसद पदका प्रत्यासीहरु सहित जनमत पार्टीमा प्रवेश गरेका हुन ।
उनीहरुलाई जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके राउतले अविर र माला लगाएर पार्टीमा स्वागत गराएका थिए । नवप्रवेशीहरुले नयाँ सोच र नयाँ जाँगरबाट देशलाई समृद्ध बनाउने यात्रामा लाग्ने बताएका छन ।

