बारा जिल्ला फूटबल संघले मधेस प्रदेश स्तरीय दोस्रो रामनारायण मिश्र फूटबल प्रतियोगिता उपाधी उचालेको छ ।
सिमरा रंगशालामा भएको फाइनल खेलमा रौतहट जिल्ला फूटबल संघलाई २–१ ले पराजित गर्दै बाराले उपाधी उचालेको हो । बाराका लागि विवेक चौधरी र सागर चौधरीले एक÷एक गोल गरेका थिए छ ।
रौतहटका लागि भने रोशन पहारीले एक गोल फर्काएका थिए । खेलको २६औं मिनेटमा विवेकको गोलबाट अग्रता लिएको बाराले ४१औं मिनेटमा अग्रता दोब्बर पारेको थियो । पहिलो हाफमा लिएको अग्रता जोगाउदै जित नजिक पुगेको बाराविरुद्ध रौतहटले इन्जुरी समयमा एक गोल फर्काएको थियो ।
उपाधि विजेताले बाराले ट्रफिसहित नगद ५० हजार र उपविजेता रौतहटले ३० हजार प्राप्त गरेको छ । विद्यागत पुरस्कारतर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बाराका विवेक चौधरी घोषित भए भने सर्वाधिक गोलकर्ता बाराका सागर चौधरी, उत्कृष्ट डिफेन्ड बाराका श्याम चौधरी र उत्कृष्ट प्रशिक्षक बाराका उमेश श्रेष्ठ घोषित हुनुभयो ।
मधेस प्रदेश फूटबल संघको आयोजना र बारा जिल्ला फूटबल संघको सहआयोजनामा संचालन भएको प्रतियोगितामा मधेसका आठ जिल्लाको सहभागिता रहेको थियो । मधेस प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा असार ११ गतेदेखि प्रतियोगिता सुरु भएको हो ।

