सिमरा, ०७ भदौ
जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले नगरको शैक्षिक गुणस्तर सुधार गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन ।
उपमहानगरपालिका अन्तरगत वडा नम्बर १७ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रघुनाथपुर रामनगरमा विहीवार आयोजित निशुल्क पोषाक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पौडेलले यस्तो बताएका हुन । जीतपुरसिमराको सर्मग्र शैक्षिक अवस्था खस्को रहेकाले आफु निर्वाचित भएर आएदेखी नै शिक्षाको गुणस्तर बढाउन विभिन्न कार्यहरु गर्दै आएको बताए । नगरमा रहेका सामुदायिक विद्यालयहरु भौतिक तथा प्राविधिक स्रोत र साधनको विकास उच्च रहेपनि विद्यालयहरुको शैक्षिक गुणस्तर भने झनझन खस्कदै गएको नगरप्रमुख पौडेलले स्वीकार गरेका छन ।
नगरको समग्र शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने गरी आफु काम गरिरहेको बताउदै नगरप्रमुख पौडेलले शिक्षक समायोजन, विद्यालय मर्जर जस्ता कार्यहरु शुरु गरिसकिएको बताए । सामुदायिक विद्यालयहरुमा दक्ष जनशक्तिका र सुविधान सम्पन्न पुर्वाधारहरु भएरपनि गुणस्तर सुधार हुन नसक्नु हामी सवैका लागि ठुलो चुनौति रहेकाले गुणस्तरी शिक्षाका लागि विशेष प्याकेज सहितका कार्यक्रमहरु शिक्षा क्षेत्रमा लागु गरिने नगरप्रमु पौडेलले प्रतिबद्धता जनाए । पौडल नगरप्रमुखका रुपमा निर्वाचित भएपश्चात पहिलो दिन पदवहाली गर्दै नगरका सवै सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरुलाई निशुल्क पोषाक वितरण गनै निणर्य गरेका थिए ।
सोही निणर्य कार्यान्वय गराउदै नगरपालिकाले नगरका सवै सामुदायिक विद्यालयमा कक्षा १ देखी ६ सम्म अध्ययनरत छात्रछात्राहरुलाई पोषाक वितरण गरिएको हो । आफुले पदवहाली गर्दै गर्दा गरेको पहिलो निणर्य कार्यान्वय गरेको बताउदै नगरप्रमुख पौडेलले यसलाई निरन्तरता दिदै जाने बताएका छन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ वडाअध्यक्ष भिम बहादुर गंतानको अध्यक्षतामा सम्पन्न पोषाक वितरण कार्यक्रममा निवर्तमान वडाअध्यक्ष नवराज बहादुर खड्का, शिक्षक अभिभावक संघका अध्यक्ष मिमलाल घिसिङ्ग, साझेदारी दैनिकका सहसम्पादक सन्तोष पाण्डे, स्थानीय समाजसेवी लालाप्रसाद घिमिर, महेन्द्र प्रकास विमली,विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष सन्तोष चौधरी लगायतका सम्बोधन गरेका थिए ।
उक्त वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र चौरसियाले स्वागत मन्तव्य र सहायक प्रधानाध्यापक अर्जुन पराजुलीले कार्यक्रम संचालन गरेका हुन ।
सो अवसरमा विद्यालयक कक्षा नर्सरीदेखी कक्षा ६ सम्म अध्ययनर करिब तीन सय ६४ जना छात्रछात्राहरुलाई नगरप्रमुख पौडेलले विद्यालय पोषाक वितरण गर्नुभएको थियो ।
शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने गरी काम गर्दैछु ः नगरप्रमुख पौडेल
Leave a review
Leave a review


