साझेदारी संबाददाता/
शिक्षा तथा मानव स्रोत बिकाश केन्द्रका उप माहानिर्देशक लागायतका टोलीले श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय मनहर्वा र श्री जनातामाध्यमिक बिद्यालय, रजघट्टा को अनुगमण गरेको छ ।
अनुगमणमा शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रालयका उप सचिव धनश्याम आर्याल,शिक्षा तथा मानव स्रोत बिकाश केन्द्र कि सेक्सन अधिकृत बिमला मिश्र,जितपुसिमरा उपमहानगरपालिकाका शिक्षा,युवा तथा खेलकुद माहाशाखा प्रमुख शिवजी प्रसाद, कलैय उपमाहानगरपालिका बाराका शिक्षा, युवातथा खेलकुद माहाशाखा अधिकृत बिजय अधिकारी लगायतका टोलीले अनुगमण गरेको हो ।
जन जागरण युवा क्लब बारा कलैयाले युरोपियन युनियन यु.के.एड्को आर्थिक सहयोग तथा भि.एस.ओ नेपालको साझेदारीमा संचालन गरिरहेको सहयात्रा तथा एक्टिभ कार्यक्रम बारा जिल्लाका श्री न.रा. मा.बि. बसतपुर,श्री ने.रा. मा.बि. मटिअर्वा,श्री दुर्र्गा नमुनामा.बि, बरेवा,श्री अमर मा.बि. दोहरी,जनतामा.बि. रजघटा,श्री ने.रा. मा.बि.सिमरा ,श्री ने.रा. मा.बि. पथलैया,श्री सरस्वतीमा.बि इनर्वासिरा र रौटहट जिल्लाको श्री जुद्ध मा.बि. गौर,श्री सरस्वतीमा.बि सिस्वा,श्री अधारभुत बिधालय बालमंदिर,श्री अधारभुत बिधालय सवगढा,श्री शैकर गुदर मा.बि.समनपुर,श्री ने.रा मा.बि. बिरनागरा,श्री आदर्श अधारभुत बिधालय सिंगारमन,श्री ने.रा मा.बि. संग्रामपुर संचालनमा रहेको छ ।
उक्त परियोजनाले गुणस्तरीय समावेशी शिक्षामा योग्दान गरेको तथा बिद्यालयमा बालक्लब, बालिका तथा समावेशीशिक्षा संजाल, गुणासो सुनुवाई संयन्त्र जस्ता संरचनाहरुले राम्रो काम गरि रहेको जसले गर्दा बालिका तथा अपाङ्गता भएका बालबालिकाहरु लगायत सिमान्तकृत समुदायको बालबालिकाहरुमा र अभिभावकहरुमा पढाई प्रतिको रुचि तथा सहजता भएको अनुगमण टोलीले बताएको छ ।
परियोजनाले अभिभावक तथा बिद्यालयबिचको दुरी घटाउन प्रभावकारी साबित भएको बताए ।
अनुगमणमा भि.एस.ओ नेपालका श्याम सिंह धामी, नरायण सिलवाल, देवी न्यपाने तथा जन जागरण युवा क्लबका अध्यक्ष भैयाराम यादव समेतको उपस्थिति रहेको सहयात्रा परियाजनाका कार्यक्रम प्रवन्धक मनोज यादवले जानकारी दिए ।

