पृथ्वीनारायण शाहको मनाइयो जन्म जयन्ति

साझेदारी दैनिक
साझेदारी दैनिक 129 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बाराको कलैयामा तीन सय दुई औँ पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस शुक्रबार मनाइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपाल नागरिक संघर्ष समिति,नेपाल राष्ट्रवादी संयुक्त मोर्चाले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको हो ।

बारा जिल्लाको सदरमुकाम कलैया स्थित सिद्धेश्वर संस्कृत विद्यालयको प्रांगणबाट तीन वटै पार्टी,समूह तथा मोर्चामा आवद्ध नेता तथा कार्यकर्ताहरुले र्‍यालीको आयोजना गरेका थिए ।

राप्रपाका जिल्ला अध्यक्ष कृष्ण तिमिल्सेनाको संयोजकत्वमा सो ¥यालि निकालिएको हो । र्‍यालीमा राजा आउँ देश बचाऊ, हाम्रो राजा प्राण भन्दा प्यारो छ जस्ता नारा लगाउँदै नगरपरिक्रमा गरेको थियो ।

नगर परिक्रमा पछि भरतचौकमा आएर र्‍याली कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै राप्रपा बाराका अध्यक्ष तिमलसिनाले पृथ्वीनारायण शाहको योगदानको चर्चा गरे । उनले शाहको दिव्य उपदेशबाट सिकेर सबै एकताबद्ध भई समृद्धिको उचाइ हासिल गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए । राष्ट्रनिर्माता शाहको कुसल नेतृत्व र दूरदर्शिताका कारण आज नेपालको अस्तित्व रहेकोे उनले बताए ।

शाहको एकीकरणको अभियानबाट नै आधुनिक नेपालको जगको सुरुआत भएको हो । कार्यक्रममा बलिराम पासवान,नेमी राउत कुर्मी,मोजामिल मिया अंसारी,किसुनदास तत्मा र वृजकिशोर साहले शाहको योगदानको चर्चा गरे ।

कार्यक्रममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीरमा फुल, अविर चढाई माल्यार्पण गरिएको थियो ।

मोर्चाका जिल्ला सचिव देवराज साहका अनुसार कार्यक्रममा साहेब प्रसाद कुर्मी,महेन्द्र प्रसाद साह,साहेब राउत,जादोलाल साह,उमेश पडित,रामस्वरुप राउत,विरेन्द्र साह,जोखन मुखिया,इनरदेव प्रसाद,किरण देवी कुम्हार,रामधारी पटेल,नैना देवी,प्रभा देवी,सोना देवी,तारा महतो लगायतको उपस्थिति रहेको हो । 

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review