बारा प्रहरीले ८० हजार रुपैया बराबरको अबैध समान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा गाडिहरूलाई रोकी चेक जाँच गर्ने क्रममा अबैध समान सहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
विल विजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य ८० हजार रूपैया बराबरको सामान रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कवहीबाट खटिएको प्रहरी टोलीले जिल्लाको सुवर्ण गाँउपालिका वडा नम्बर ०३ लंगडा टोल स्थित दशगंजमा भारतबाट नेपालतर्फ टाउकोमा बोकी ल्याउदै गरेको २ बोरा कपडा फाली मानिस फरार रहेकोमा उक्त कपडा बरामद गरेको छ ।
कुर्ता ८७ पिस र कुर्ता सुरुवाल १३ पिस कपडा अन्दाजी मुल्य पैतिस हजार रूपैया बराबरको बिल नभएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया स्थित चितवनबाट धनकुटा तर्फ जाँदै गरेको ना.६ ख ११९८ नं. को ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
सो ट्रकमा लोड रहेको कुखुराको भुष मल ४ सय ५० बोरा अन्दाजी मुल्य पैतालीस हजार रूपैया बराबरको बिल भन्दा बढि स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ ।
समान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

