टाँगिया बस्तीका सामुदायिक बिद्यालयलाई श्री साथी नेपाल नामक गैह« सरकारी संस्थाले सिलिङ्ग पंखा उपलब्ध गराएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ स्थित टाँगिया बस्तीका दुई वटा सामुदायिक बिद्यालयलाई सो संस्थाले ६० थान सिलिङ्ग पंखा उपलब्ध गराएको हो ।
श्री साथी नेपालका कोषाध्यक्ष भिमप्रसाद उपाध्यायका अनुसार टाँगिया बस्ती स्थित नेरा मा.बि.लाई ४५ थान र आधारभुत बिद्यालयलाई १५ थान पंखा बितरण गरिएको हो ।
श्री साथी नेपाल संस्थाले बिद्यालयलाई पंखा बितरण गर्नुको साथै कक्षा कोठाहरुको सिलिङ्गमा पंखा पनि आफै फिटिङ्ग गरिदिएको थियो । श्री साथी नेपालका अध्यक्ष सरिता सापकोटाले बिद्यालय र बालबालिकाको स्तर उन्नतिको क्षेत्रमा संस्थाले काम गरिरहेको जानकारी दिईन् ।
भौतिक पूर्वाधार निर्माण,शैक्षिक स्तर बृद्धि,छात्रवृति,बालबालिकाको ब्यक्तित्व विकास लगायतको शैक्षिक क्षेत्रका थुप्रै कार्यक्रम गर्दै आईरहेको जानकारी दिइन् ।
संस्थाका अध्यक्ष सापकोटाले बिद्यार्थीहरुलाई निर्धक्क भएर पढ्न आग्रह गरिन् । उनले बिशेष गरी छोरीलाई स्नातोकोत्तर (मास्टर डिग्री) सम्म अध्ययन गराउँन अनुरोध गरिन् । मधेशमा महिला शिक्षित भएमा दाईजो प्रथा आफै हट्ने विश्वास ब्यक्त गरिन् ।
हाल यस क्षेत्रमा दैनिक ३८ देखि ४५ डिग्री सेल्सियस सम्मको तापक्रम मापन गरिएको छ । केही दिन यता मधेश प्रदेशमा अत्याधिक गर्मी बढेको छ ।
जसका कारण पंखा नहुँदा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू प्रभावित भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ स्थित टाँगिया बस्तीका बिद्यालयमा पंखा नहुँदा बिद्यार्थीहरु गर्मीयाममा पंखा अभावमा हैरानी खेप्थे ।
कक्षाकोठामा गर्मीले बिद्यार्थी र शिक्षक दुबैलाई पठ्नपाठन् जारी राख्न हम्मेहम्मे पथ्र्यो ।पढ्न नमिल्ने भएका कारण रुखको छहारी खोज्दै त्यहा पढाउनुपर्ने बाध्यता रहेको हो । चाईल्ड रेस्क्यु संस्थाको सहयोगमा श्री साथी नेपालले स्कुल सपोर्टेट कार्यक्रम अन्तर्गत सिलिङ्ग पंखा उपलब्ध गराईएको हो ।
श्री ने.रा. मा. बि. टाँगिया बस्ती बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष रमेश सापकोटाले बिद्यालयमा पंखा जोडिएपछि आफुलाई निकै खुसी महसुस भएको बताएका छन्।
बिद्यालयमा प्रबेश गर्दा बिद्यार्थी र शिक्षकहरुले पंखा कहिले जडान गर्ने भनेर प्रश्न गर्ने गरेकोमा सो समस्याको हल भएको सापकोटाले सुनाए । पंखाको समस्याको हल भएपनि खानेपानी र कक्षाकोठाको समस्या पनि बिद्यालयमा बिद्यमान रहेको छ ।
कक्षा कोठा अभावमा कोचाकोच गरेर बिद्यार्थीहरु बस्नुपर्ने बाध्यता रहेको उनले दुखेसो गरे । उनले श्री साथी नेपाल नामक संस्थालाई समस्याको हल गर्नमा पहल गर्न जोड दिए ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेश सापकोटाको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।
कार्यक्रममा वडा नं.१६ का वडा सदस्य प्रेम बहादुर गोले,श्री साथी नेपालका कोषाध्यक्ष उपाध्याय,संस्थाका फिल्ड सहयोगी मनोज साह लगायत बिद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन प्रधानाध्यापक मान बहादुर थापाले गरेका थिए ।

