एक कार्यक्रमको आयोजना गरी निवर्तमान राजा ज्ञानेन्द्र शाहको ७८ औ जन्मदिवस आइतबार मनाइएको छ ।
पूर्व राजा शाहको तस्वीरमा फुलमाला अविर चढाई बारा जिल्लाको सदरमुकाम कलैया स्थित भरतचौकमा जन्मदिवस मनाइएको हो ।
नेपाल राष्ट्रवादी संयुक्त मोर्चा बाराका नेता तथा कार्यकर्ताहरुले भव्यताकासाथ शाहको जन्मदिवस मनाएका हुन ।
नेपाल राष्ट्रवादी संयुक्त मोर्चा बाराका अध्यक्ष नेमीराउत कुर्मीको संयोजकत्वमा कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित रामजानकी मन्दिर परिसरबाट निस्केको जुलुसले नगरपरिक्रमा गरेको हो । सो जुलुश भरतचौकमा आएर कोण सभामा परिणत भएको थियो ।
नगरपरिक्रमाको क्रममा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ,हाम्रो राजा चिरायु रहुन,राजा आऊ देश बचाऊ,जस्ता नाराबाजी गरिएको मोर्चा बाराका सचिव देवराज साहले जानकारी दिए । नेपाल राष्ट्रवादी सयुक्त मोर्चा बाराका अध्यक्ष नेमी राउत कुर्मीले कोणसभामा देशमा अहिले भ्रष्टाचार बढेको भन्दै चिन्ता व्यक्त गरे ।
देश अहिले विदेशीको हातको कठपुतली बनेको छ भन्दै गणतन्त्र ल्याएर वर्तमान नेताहरुले देश लुटने काम मात्र गरेको आरोप उनले लगाए । भ्रष्टाचार र व्यभिचार,लुटतन्त्र मच्चिएको आरोप उनको थियो । देशलाई जोगाउन राजा आउने पर्छ भन्ने तर्क उनको थियो ।
शाहको ७८ औ जन्मदिवसको अवसरमा नेपाल राष्ट्रवादी संयुक्त मोर्चा बाराका अध्यक्ष कुर्मी,किसुन दास तत्मा,महेन्द्र प्रसाद साह,साहेब प्रसाद कुर्मी,मुनिलाल साह,विरजु साह,दिनेस साह, शिवजी साह कानु,अयोध्या प्रसाद साह,प्रेम मिश्रा,संजीव सिह,किरण देवी,सोना देवी,अंजु खातुन,उमेश ठाकुरको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा नेपाल राष्ट्रवादी शान्ति समूहका संस्थापक अध्यक्ष एवं राष्ट्रिय नागरिक संघर्ष समितिको केन्द्रिय सदस्य तथा अंचल अध्यक्ष अब्दुल सतार अंसारीको उपस्थिति रहेको मोर्चा बाराका सचिव देवराज साहले जानकारी दिएका हुन् ।


