क्लैया : बाराको कलैयास्थित बाल एकता कलेजमा शनिबार नेल्टा बाराको चौथो साधारण सभा सम्पन्न भएको छ ।
सभाबाट अध्यक्षमा रमेशप्रसाद कुशवाहा चयन भएका छन । समितिको उपाध्यक्षमा केशव सिजाली,सचिवमा तेजीलाल प्रसाद साह,सह सचिवमा भक्त बहादुर राउत,कोषाध्यक्षमा नरेन्द्र कुमार निधि चयन भएका छन् ।
समितिको सदस्यमा गजेन्द्र प्रसाद यादव,बबि चौधरी,रामाकान्त गुप्ता,उमा शंकरप्रसाद यादव,पुजा यादव,प्रभु पराजुली रहेका छन ।समितिको एजिएम संयोजकमा धर्मेश जयसवाल रहेका छन । नेल्टा बाराका कार्यबाहक अध्यक्ष केशव सिजालीको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।
कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहको प्रमुख आतिथ्यमा साधारण सभाको उदघाटन सत्र सम्पन्न भएको हो ।
उक्त अवसरमा कलैया उपमहानगरपालिकाका शिक्षा अधिकृत बिजय अधिकारी,भागिरथ झा,डा. बिनोद शाह,नेल्टा मधेश प्रदेश,राम अवधेश यादव,सफिक अंसारी लगायतको सहभागिता रहेको थियो ।
साधारण सभामा सञ्चालन धर्मेन्द्र राम एवम स्वागत रमेश प्रसाद कुशवाहाको रहेको थियो । उक्त अवसरमा जिल्ला भरीका अग्रेजी शिक्षकहरुलाई युज अफ अल ईन ई.एल.टी. भन्ने बिषयमा तालिम दिईएको थियो ।
उक्त तालिममा एक सय पचास जना भन्दा बढी अग्रेजी बिषयका शिक्षकहरुको सहभागिता रहेको थियो । उक्त तालिममा नेल्टा सेन्टरका प्रशिक्षक बिबश थापाले प्रशिक्षण दिएका थिए ।
अस्मिता पब्लिकेशन,बाल एकता कलेज,मनकामना कलेज,सिद्धि बिनायक बोर्डिंग,कलैया ब्राइटल्याण्ड बो.,इन्टरनेसनल सिम्यायोसिस स्कुल,ग्यालेक्सी बो. स्कुल,फ्रीडम ट्रेनिंङ्ग सेन्टर पोखरा – ८,श्री रतनपाण्डे मा.वि.पोखरा–१३,ल्वांङ,सामुदायिक घरबास माछापुच्छ्रे–८,ल्वांङ,कास्की,गण्डकी प्रदेशको सहयोगमा उक्त साधारण सभा सम्पन्न भएको हो ।


