जीतपुर : नेपाल अपाङ्ग संघ बाराको कार्यालय परिषर सिमरामा २ तल्ले लिफ्ट सहितको अपाङ्गतामौत्री भवनको शिलान्यास भएको छ ।
३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर अपाङ्ग मैत्री भवनको शिलान्यास गरिएको नेपाल अपाङ्ग संघ बाराका अध्यक्ष गंगा वाग्लेले बताउँनुभयो । २ कोठे भवन निर्माण भए संगै अपाङ्ग संघको कार्यालयमा रहेका बालबालिकाको पठनपाठन धेरै राहत मिल्ने समेत उहाँले बताउँनुभयो ।
अपांग मैत्री उक्त भवनको २०८१ साल फाल्गुन महीनामा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण गर्न लागिएको साथी नेपालका अध्यक्ष सरिता सापकोटाले जानकारी दिनुभयो ।
अपाङ्गता मैत्री भवन शिलान्यास कार्यक्रममा बोल्दै पुर्बयुवा तथा खेलकुद मन्त्री तथा नेकपा एमालेका पोल्युट ब्युरो सदस्य पुरुसोत्तम पौडेलले जिल्ला अपाङ्ग संघका कार्यलयमा ठप्प २ कोठे भवन बनेपछि अपाङ्गता भएका बालबालिकाले सुरक्षित वातावरणमा शिक्षा हासिल गर्न पाउने बताउँनुभयो ।
त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुको लागि सहायक सामग्री बितरण गरेको छ ।
साहयक सामाग्रीमा २५ थान हिवलचेयर,ट्राई साईकल १३ थान,सेतो छडि १५ थान,हिअरिङ्ग हेडसेट ५ थान र वाल्कर ३ थान बितरण गरेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

