बिरामी श्रीमतीलाई अस्पतालमै छाडेर बेपत्ता,

साझेदारी दैनिक
साझेदारी दैनिक 492 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जिल्ला सदरमुकाम गाईघाट बजारमा होटल सञ्चालन गर्दै आएका झापा दमक नगरपालिका ९ का ४० वर्षीय चुडामणि फुयाल आफ्नी बिरामी पत्नीलाई अस्पतालमै छाडेर एक वर्षदेखि बेपत्ता भएका छन् ।

एक वर्षअघि पत्नी अनितालाई गाइघाटको अस्पतालमा भर्ना गरेर उनी बेपत्ता भएको पीडितका बाबु काशीनाथ बरालले बताउनुभयो ।उदयपुरगढी गाउँपालिका ६ दनुवारबेसी निवासी बरालले छोरीलाई उपचार नगरी ज्वाइँ बेपत्ता भएकाले बाध्य भएर उनको उपचार गरिरहनुपरेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “शुरूमा छोरी–ज्वाइँ नै झापाबाट गाइघाट आएर होटल खोले, त्यसपछि ज्वाइँले छोरीमाथि बारम्बार कुटपिट र अपहेलना गर्न थालेकाले सख्त बिरामी भएकी छोरीलाई उपचार नै नगरी उनी बेपत्ता भएका हुन् ।”
छोरीको आन्द्रामा घाउ भएको चिकित्सकले बताएको र अहिलेसम्म उनको उपचारमा रू १२ लाखभन्दा बढी खर्च भइसकेकाले ज्वाइँलाई खोजी गरी कानुनी कारबाही गर्न बाबु बरालले आग्रह गर्नुभयो । उनीहरूको १२ वर्षको छोरो पनि छ ।रासस

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review