नेकपा बाराको पालिका कमिटी अध्यक्ष र सचिवहरुको सपथ ग्रहण कार्यक्रम

साझेदारी दैनिक
731 पाठक संख्या

रञ्जन यादब/
नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी बाराले जिल्लाका १६ वटै पालिका कमिटीहरुको अध्यक्ष र सचिवहरुको सपथ ग्रहण कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ ।

जिल्लाको कोल्हवी नगरपालिकाको कोल्हवीमा आयोजित सपथग्रहण कार्यक्रममा नेकपाको केन्द्रिय सदस्य अच्युत मैनालीले पार्टीका पालिका कमिटी अध्यक्ष र सचिवलाई सपथ ग्रहण गराएका थिए । नवनियुक्त पदाधिकारीहरुले जनता र पार्टीको हकहितमा ईमान्दारीपुर्बक कार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी बारा अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाको केन्द्रिय सदस्य ज्वाला कुमारी साह ,दिनेश राई,पुर्ब युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, नेकपाको प्रदेश कमिटी सदस्य लालकिरण चौलागाई, प्रदेश संसाद सुन्दर बिश्वकर्मा, समिर अंसारी लगायतको सहभागिता रहेको थियो ।
नेकपाको प्रदेश नं.२ कमिटीले बाराको १६ वटै पालिकाहरुको अध्यक्ष र सचिवहरुको मनोनयन गरेको थियो ।

Leave a review

This will close in 0 seconds