कलैया : बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले आफूविरुद्ध नियोजित रूपमा चरित्र हत्या गर्ने प्रयास गरिएको आरोप लगाएका छन ।
उनले व्यक्तिगत स्वार्थ पूरा नभएपछि केही व्यक्तिहरूले योजनाबद्ध ढंगले गलत सूचना फैलाउने र आफ्नो छविमा आँच पु¥याउने प्रयास गरिरहेको बताए्का छन ।
कलैया वरियारपुर सडक खण्ड अन्तरगतको कलैया ४ अन्तरगत को यामाहा शोरूम नजिक मंगलवार दिउँसो करिब दिउसो १ः५४ बजे भएको विवादको सन्दर्भमा अध्यक्ष यादवले आफ्नो भनाइ सार्वजनिक गर्दै यस्तो दाबी गरे।
“म सुवर्ण गाउँपालिकाबाट जिल्ला प्रशासन कार्यालय, बारातर्फ जाँदै थिएँ। कलैया–४ स्थित यामाहा शोरूम नजिक पुग्दा म सवार मधेस प्रदेश ०३–००१ च ७७२२ नम्बरको स्कार्पियो गाडीलाई पछाडिबाट एक मोटरसाइकलले ठक्कर दियो,” उनले भने, “त्यसपछि गाडी रोकेर झर्न लाग्दा कलैया उपमहानगरपालिका –३ गंगापुरका विकास साह र सोही शोरूमका कर्मचारी संजय कुशवाहाले उत्तेजक र अभद्र व्यवहार गर्दै ममाथि जबरजस्ती दुव्र्यवहारको प्रयास गरे।”
उक्त घटनापछि आफैले तत्काल प्रहरीलाई जानकारी गराइएको अध्यक्ष यादवले बताएका छन । साथै, उनले सो घटनासँग सम्बन्धि विभिन्न माध्यमबाट आफूविरुद्ध फैलाइएका आरोपहरू पूर्ण रूपमा असत्य, भ्रामक र योजनाबद्ध भएको दाबी गरेका छन ।
“मदिरा सेवन गर्ने मेरो बानी छैन। तर केही पत्रकारहरूले विगत एक वर्षदेखि तथ्यहीन र कपोकल्पित समाचार प्रकाशित गरेर मेरो सामाजिक छबि बिगार्ने प्रयास गरिरहेका छन्,” अध्यक्ष यादवले प्रस्ट पारे ।
घटनामा संलग्न भनिएका साह र शोरूमका कर्मचारी कुशवाहालाई प्रहरीले केही बेर नियन्त्रणमा लिएर छाडेको छ ।


