Sajhedari Daily
Latest News from Nepal

बकुलियालाई हराउदै बारा ११ फाईनलमा प्रवेश

धिरेन्द्र पनुहर /
कोल्हवी नगरपालिका वडा नम्बर ९ श्रीपुरमा संचालित नकआउट फुटवल प्रतियोगितामा बारा ११ फाईनलमा प्रवेश गरेको    छ ।
स्थानीय मितेरी युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको मंगलवार भएको दोस्रो सेमिफाइनल खेलमा बारा ११ ले त्रिशुल क्लब बकुलियालाई शुन्यका विरुद्ध २ गोलले पराजीत गर्दै फाईनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हापको १० सेकेन्ड नवित्दै बारा ११ का जर्सी नम्बर १० का बिबेक चौधरी पहिले गोल गरि टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हापको १४ आँै मिनेटमा पुन बारा ११ का जर्सी नम्बर १० कै बिवेक चौधरी फेरि दोस्रो गोल गरि दुई शुन्यले अग्रता दिलाएका थिए ।

खेलको पहिलो र दोस्रो हापमा बकुलियाले गोल गर्न नसक्दा बारा ११ ले जीत हात पारेको हो । मंगलवारको खेलमा दूई गोल गरेका बारा ११ का जर्सी नम्बर १० का बिवेक चौधरी म्यान अफ द म्याच घोषित भएको छन ।

प्रतियोगिताको फाइनल खेल मंसिर ४ गते बिहिवार हुने छ। फाइनल खेलमा बारा ११ र बिरगंज युनाईटेड पर्सावीच हुने । आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजेता क्लबले नगद रु ५० हजार र उप बिजेता क्लबले नगद रु २५ हजार प्राप्त गर्ने आयोजक क्लबका सल्लाहकार भुजेन्द्र चौधरीले जानकारी दिएका छन ।