Sajhedari Daily
Latest News from Nepal

फेटामा १८ करोडको लागतमा १५ शैयाको अस्पतालको शिलान्यास

फेटा गाउँपालिकाले सोमबार एक कार्यक्रमका बीच १५ शैयाको अस्पतालको शिलान्यास गरेको छ । करिव १८ करोड लागत अनुमान गरिएको उक्त अस्पताल भवनको सम्वन्धित स्थानीय तहका प्रमुखले शिलान्यास गर्ने कार्यक्रम अनुसार बारा निर्वाचन क्षेत्र नम्बर ३ का सघिय सांसद रामबाबु कुमार यादव र गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले शिलान्यास गरेका हुन ।

संघीय सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयको बजेट र भवनको डिजाईन प्राप्त भईसकेपनि डिपिआर तथा खर्च ईष्टिमेट गर्न वाँकी रहेकाले छिट्टै डिपिआर बनाई दुई वर्ष भित्र सञ्चालन गर्ने गरी तयारी गरिएको गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले बताए ।

अस्पतालको शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमरुण खातुन वडाध्यक्षहरु उपेन्द्र प्रसाद साह, वकील प्रसाद यादव लगायतको सहभागिता रहेको थियो ।अस्पताल निर्माण पश्चात दक्ष चिकित्सक सहित अत्यावश्यक सवै सेवाहरु सञ्चालन हुनेछ ।

Comments are closed.

error: Content is protected !!