Sajhedari Daily
Latest News from Nepal

महागढीमाई नगरपालिकाको क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको शारीरिक व्ययाम गराइँदै

Top Aside Banner

रबिन्द्र प्रसाद साह ,
महागढीमाई नगरपालिका अन्तर्गत बबुआइनमा संचालित रहेको क्वारेन्टाइनको आइसोलेसनमा राखिएको ब्यक्तिहरुको शारीरिक तथा मानसिक स्वास्थय स्थित राम्रो तथा बलियो बनाउन  उदेश्यले तीनीहरुलाई शारीरिक व्ययाम गराइँदै आइरहेको छ।

उक्त क्वारेन्टाइनमा रहेका  व्यक्तिहरुलाई नि. प्रमुख प्रशासकीय अधिकृत  विजय प्रसाद कुशवाहा  र  स्वास्थ्यकर्मी  शिवशंकर यादवद्वारा योगा तथा शारिरिक व्ययाम गराइरहेको महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र प्रसादव यादवले साझेदारीलाई बताए ।

यसबाट तिनिहरुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनुका साथै तिनिहरु कोरोना संक्रमणबाट बचनको साथै शारीरिक तथा मानसिक स्वास्थय स्थित राम्रो तथा बलियो बनाउन सहयोग मिल्ने महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवले जानकारी गराए। उक्त व्ययाम पूर्ण सामाजिक दुरीलाई कायम राख्दै दिइएको थियो।