Sajhedari Daily
Latest News from Nepal

जगदम्बामा मृत्यु भएको मजदुरको पोष्टमार्टम नहुदा मृतक परिवार झनै पिडामा

Top Aside Banner

सिकेन्द्र पासवान/
बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको जगदम्बा स्टील व्यवस्थापनको गैर जिम्मेवारीपनका कारण मृत्यु भएको ३ दिन बिती सक्दा लास अस्पतालमा नै रहेको पिडितहरुको भनाई रहेको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ निवासी नारायण साहको जेठ २० गते बिहान ८ बजेर ४२ मिनेटमा मृत्यु भएको भएपनि के कारणले मृत्यू भएको हो भन्ने कुरा समेत नखुलेको हुदा आफुहरुलाई शंका उब्जाएको मृतकका सालो मधुसुधन महतोले बताउनुभयो ।

करिब ५४ बर्षिय नारायण लकडाउन अघि सो कम्पनीमा काम गरेका र जेठ २० गते कामका लागि नारायणलाई फैक्ट्रीमा बोलाएको थियो मधुसुधनले भन्न्ुभयो । फैक्ट्रीको कुनै अधिकारिक ब्यतिmले खबर नगरी मृतकको साथीबाट घरपरिवारलाई ९ बजेर २२ मिनेटमा नारायणको मृत्यु भएको जानकारी गराउनुले पनि थप शका उत्पन भएको मृतकका कान्छा छोरा सुसिल साहले भन्नुभयो ।यहा सम्मकी मृतक बुबालाई नजिकबाट हेर्न समेत नदिई करिब २५ मिटर टाढाबाट हेर्न दिएको थियो सुसिलले भन्नुभयो ।

परिवारका सदस्यहरु भन्दा वडा नम्बर २ का वडाअध्यक्ष,निर्वाचित प्रतिनिधीहरु, प्रहरी प्रशासन समेत घटना स्थलमा पुग्नु र हामीलाई पछि जानकारी दिनुले पनि केहि रहस्य रहेको साहले थप्नुभयो । पहिला त कोरोनाको टेष्ट हुन्छ भनेर लास पोष्टमार्टम गर्न नारायणी अस्पतालले आनाकानी गरेपछि बुधवार कोरोनाको रिजल्ट पनि निगेटिभ आएको भएपनि पोष्टमार्टममा ढिलाई भईरहेको आरोप परिवारजनहरुको रहेको छ ।

जगदम्बा स्टील प्रशासनले क्षतिपुर्ति, मृतकको परिवारमा रोजगारीको ग्यारेन्टी नगरे सम्म लास नबुझने मृतकका सालो महतोले भन्नुभयो । यता जगदम्बा स्टीलका प्रशासन हेर्ने कुमोदराज ढकालले पलान्ट चली नरहेको दावी गर्दै के कति कारणले नारायण आएको थियो र कसरी मृत्यु भएको भने कुरा खुल्न नसकेको अवस्थामा मिल प्रशासनले केहि भन्न नमिल्ने बताउदै पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने बताउदै त्यसपछि केहि सोच्न सकिने उनले भन्नुभयो ।

शरिरमा कुनै घाउचोट नदेखेको हुदा पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको कारण पता लाग्ने प्रहरी प्रवतmा गौतम मिश्रले भन्नुभयो ।