नेपाली काँग्रेसको मधेस प्रदेश प्रशिक्षण विभागको बिस्तार

साझेदारी दैनिक
726 पाठक संख्या

सिकेन्द्र पासवान/
नेपाली काँग्रेस निकट रहेको मधेस प्रदेश प्रशिक्षण विभागको बिस्तार गरेका छन । नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति एवम प्रशिक्षण विभागका संयोजक चन्द्रशेखर कुमार यादवले शिवरात्रीको शुभ दिनमा सो समितिमा मनोनयन गरि बिस्तार गरेका हुन ।

नेपाली काँग्रेसको बिधान २०१७ संशोधित सहित धारा ३६ नेपाली काँग्रेसको नियमावली २०७६ का नियम ३३ (२) ग बमोजिम काँग्रेस मधेस प्रदेश प्रशिक्षण विभागको उप संयोजकमा महोतरी की श्रीमति रेखा यादव, अर्का उप संयोजकमा धनुषाका डाक्टर संजिव यादव, सचिवमा पर्सा की अर्चना कुमारी चौधरीलाई मनोनय गरेका हुन ।

त्यसैगरि सदस्यहरुमा श्रीमति शोभा यादव सिरहा, श्रीमति रानी यादव सिरहा, संजय यादव सिरहा, शान्ता पाण्डेय सर्लाही, कबिता यादव सप्तरी, ममता महतो महोतरी, बिष्णु रिसाल बारा र ममता महतो पर्सालाई मनोनयन गरेका हुन । सल्लाहकार समितिको सदस्यमा बारा सिकेन्द्र पासवान र रौतहटका मिथलेस मिश्रालाई समेत मनोनयन गरेका हुन ।

प्रदेश प्रशिक्षण विभागले गर्नुपर्ने सबै कार्यहरु विभागका प्रमुखसंग समन्वय गरि विभागको निर्णय बमोजिम कार्य सम्पादन गर्नका लागि निर्देशन सहित कार्यकालको सफलताको प्रशिक्षण विभाग प्रमुख यादवले कमना समेत गरेका छन ।

पहिलो चरणमा अहिले बिस्तार गरिएको छ भने दोस्रो चरणमा चाडै नै समितिलाई पुर्णता दिनेगरि बाकी सदस्य मनोनयन गरि समितिको बिस्तार गर्ने संयोजक यादवले भने । समिति पुर्णता भएपछि मधेस प्रदेशको ८ वटै जिल्लाहरुमा संगठनलाई दिगो बनाउने काममा लाग्ने संयोजक यादवले जानकारी दिए ।

 

Leave a review